PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सिरियाको हतियार भण्डारण केन्द्रमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु



पहिलोपोस्ट

सिरियाको हतियार भण्डारण केन्द्रमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु

सिरियाको उत्तर पश्चिमस्थित इदलिव प्रान्तको एक हतियार भण्डारण केन्द्रमा भएको विस्फोटमा परी ३९ जनाको ज्यान गएको छ। मारिनेमा १२ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ। इदलिव विद्रोहीहरुको पकड रहेको क्षेत्र हो।

हतियार तस्करहरूले हतियार भण्डारण गरेको स्थानमा विस्फोट भएको सञ्चारमाध्यहरुले जनाएका छन्।

विस्फोटमा परी केही मानिस हराइरहेको बताइएको छ। विस्फोटबाट भवन भग्नावशेषमा परिणत भएको छ। उक्त भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भई आएको मानिसहरूले आश्रण लिइरहेको बताइएको छ।

बेलायतस्थित सिरियाली पर्यवेक्षक समूह सिरियन अव्जटरभेटरी ह्युमन राइट्सले हराइएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell