PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फ्रेन्च लिग वान : डिफेण्डिङ च्याम्पियन पिएसजीको विजयी सुरुवात, नेमारको गोल, ४० वर्षीय बुफोनको डेब्यु



पहिलोपोस्ट

फ्रेन्च लिग वान : डिफेण्डिङ च्याम्पियन पिएसजीको विजयी सुरुवात, नेमारको गोल, ४० वर्षीय बुफोनको डेब्यु
फोटो : DailymailSports

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा विजयी सुरुवात गर्दा स्टार खेलाडी नेमारले पनि गोलको खाता खोलेका छन्।

खेलको दशौँ मिनेटमै नेमारले गोल गरेको खेलमा पिएसजीले साएनलाई ३-० ले हरायो।

घरेलु मैदान पार्क डे प्रिन्सका नेमारले सुरुवाती अग्रता दिलाएपछि ३५औँ मिनेटमा एड्रिएन र्‍यावियटले गोल गर्दै पहिलो हाफमा पिएसजी अग्रता दोब्बर पारे।

नेमारको स्थानमा मैदान छिरेका टिनएजर टिमोथी वेहले ८८औँ मिनेटमा गोल गरेपछि पिएसजीले सहज जित हात पारेको हो।

पिएसजीको जितमा भेट्रान गोलकिपर जियानलुजी बफोनले पनि लिग वानमा डेब्यु गरे। इटली तथा युभेन्ट्सका लेजेण्ड ४० वर्षीय बफोन नयाँ सिजनका लागि पेरिस क्लब पुगेका हुन्।

यस्तै नयाँ प्रशिक्षक थोमस टुचेलले पनि जितबाट फ्रेन्च लिग यात्रा सुरु गरेका छन्।

लिगकै अन्य खेलमा बोर्डेक्सले स्टार्सबर्ग तथा लियोनले अमिएन्सलाई समान २-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell