PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पाः तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो।

तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट पाँच जना घाइते बनेका थिए। पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell