PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

हुने भयो 'सोसल मिडिया फिल्म अवार्ड २०७५'   



पहिलोपोस्ट

हुने भयो 'सोसल मिडिया फिल्म अवार्ड २०७५'   

काठमाडौँ:  'सोसल मिडिया फिल्म अवार्ड २०७५' आयोजना हुने भएको छ। 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'को आयोजनमा अवार्ड हुने भएको हो।

छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ-संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष एवम् निर्देशक सवनम मुखियाले बताइन्।

उनले भनिन् 'आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने संस्कार नै बनिसकेको देखिन्छ। सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्रहरु साह्रै मन छुने रहेको पनि पाइन्छ। यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको हो।'

अवार्डको आवेदन पनि खुल्ला गरिएको छ। आवेदकले 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'को अफिसमा गइ आवेदन फारम भर्न सक्नेछन्। अनलाइनबाट पनि फारम भर्न मिल्ने व्यपस्था मिलाइएको आयोजक टिमले जनाएको छ। सामाजिक सञ्जाल निकट अवार्ड १६ विधामा प्रदान गरिनेछ।

माघमा हुने अवार्डको स्थान चाँडै नै सार्वजनिक गर्ने सवनमले जनाइन्। प्रस्तुत छ विधाहरु

फिल्म

  1. उत्कृष्ट डकुमेन्ट्री
  2. उत्कृष्ट पिएसए
  3. उत्कृष्ट छोटो फिल्म
  4. उत्कृष्ट सिनिमेटोग्राफर
  5. उत्कृष्ट सम्पादक
  6. उत्कृष्ट महिला अभिनेत्री
  7. उत्कृष्ट पुरुष अभिनेता
  8. उत्कृष्ट निर्देशक

 

सोसल मिडिया

 

  1. उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम टुइटर)
  2. उत्कृष्ट युट्यूब भिडियोहरु
  3. उत्कृष्ट चुनौतीपूर्ण समाचार
  4. उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली
  5. उत्कृष्ट ट्रोल
  6. पब्लिक चोइस

 

नगदसहित सम्मान

  1. सञ्चारकर्मी
  2. सोसल मिडिया एक्टिभिस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell