PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रदीपको स्टारडमले हिट होला 'रोजी' ?



पहिलोपोस्ट

प्रदीपको स्टारडमले हिट होला  'रोजी' ?

काठमाडौँ:  प्रदर्शन टार्गेट नजिकिँदै जाँदा 'रोजी' निर्माण युनिटले प्रचार थालेको छ। निर्माण टिमले हालै प्रचार सामाग्री गीतसँगै म्यूजिकल्ली प्रतिस्पर्धा घोषणा गर्‍यो। कलाकारको टिमले संचारकर्मीसँग अन्तरक्रिया पनि सुरु गरेको छ।

भदौ २२ फिल्मको प्रदर्शन टार्गेट हो। क्राइम थ्रीलर फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणाको मुख्य अभिनय छ। करिव७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा आधारित भएर बनेको फिल्म हो।

प्रदीपले आफ्नो लागि यो अलग जनराको फिल्म रहेको बताए। भने 'दर्शकले मभित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ।' यसअघि 'कुसुमे रुमाल २' र 'होमवर्क' निर्देशन गरेका नीरकले यो फिल्मबाट पनि दर्शकलाई न्याय गर्ने बताए।  

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई नेपाल र टर्कीमा छायाँकन गरिएको हो। प्रदीपको स्टारडमले पनि दर्शक हलसम्म आउने कुरामा टिम निर्धक्क छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell