
काठमाडौँ : मोफसल प्रचारमा गएको 'जय शम्भु' टिम काठमाडौं फर्केको छ। पोखरा, बुटवल र चितवनमा प्रचार सकेर टिमले काठमाडौंमा सुरु गरेको छ। फिल्मका कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी फिल्मको प्रचारमा देखिए।
भदौ १ फिल्मको रिलिज टार्गेट हो। फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
प्रशान्त, अनुप र वर्षाका करियरका लागि यो फिल्म निकै महत्वपुर्ण र चुनौतीपुर्ण पनि छ। प्रशान्त अभिनित 'ऐश्वर्य' हिट भयो। वर्षाले गरेको पछिल्लो फिल्म 'भैरे' र अनुपले गरेको 'हुर्रे' खासै चलेन। त्यसैले उनीहरु फिल्म हिट हुने आशामा छन्।
फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ ।