PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ



चन्द्रकान्त खनाल

बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ

रुपन्देही: यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन्। कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो।

नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell