PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

साफ यू-१५ महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै, समूह विजेता बन्ने होड



पहिलोपोस्ट

साफ यू-१५ महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै, समूह विजेता बन्ने होड

काठमाडौँ : एक खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेको नेपाल र बंगलादेशको महिला टोली भुटानमा जारी दोस्रो साफ यू–१५ महिला च्याम्पियनसिपमा आज खेल्दैछ।

नेपालर बंगलादेश दुवै समूह बी को विजेता बन्ने होडमा छन्। यो खेलको विजेता समूह विजेता बन्नेछ भने पराजित हुने टोली समूह उपविजेताको हैसियतमा सेमिफाइनल पुग्नेछ।

नेपाल र बंगलादेशबीचको खेल राती पौन ७ बजे थिम्पुमा हुनेछ। यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ४-० ले हराएको थियो। सावित विजेता समेत रहेको बङ्गलादेश तुलनात्मक रुपमा बलियो टोली हो। बङ्गलादेशले पहिलो खेलमा पाकिस्तानमाथि १४-० को पराकिलो जित हात पारेको थियो।

लगातार दुई खेल हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिसकेको छ।

बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल बंगलादेशसँग ६-० ले पराजित भएको थियो। उक्त हारको बदला लिने दाउमा रहेको नेपालले आज उत्कृष्ट खेल खेल्नुपर्नेछ।

आजै पौने ४ बजे समूह ए मा रहेका आयोजक भुटान र भारतबीच खेल हुँदैछ। यसअघि श्रीलंकालाई पराजित गर्दै दुवै टोली सेमिफाइनल पुगिसकेका छन्। आज खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।

नेपाल र बंगलादेशबीचको खेल यहाँ लाइभ हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell