PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

मोनिका घले बनिन् पहिलो ‘मिस नेपाल नर्थ अमेरिका’



पहिलोपोस्ट

मोनिका घले बनिन् पहिलो ‘मिस नेपाल नर्थ अमेरिका’

पहिलो पटक आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०१८’ को ताज मोनिका घलेले जितेकी छिन्।

न्यूयोर्कस्थित मेलरोज बलरुममा सम्पन्न फिनालेमा अन्तिम १६ प्रतियोगीहरुलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन्। सुजाता लामा फर्स्ट रनर्सअप तथा श्रीजना राई सेकेन्ड रनर्सअप घोषित भए।

१७ जनाबाट दोस्रो चरणमा १० जना पुगेका थिए भने अन्तिम चरणमा ५ जना पुगेका हुन्।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन्। त्यस्तै सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए। निर्णायकहरुमा राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर, जोली अमात्य र फातिमा रूमा रहेका थिए।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको थियो। मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड्का।

मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयरमा ज्योति गुरुङ, मिस राईजिङ स्टारमा स्‍मृति लामिछाने भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell