PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सहरी युवामा 'डेटिङ हिंसा'को जोखिम



पहिलोपोस्ट

सहरी युवामा 'डेटिङ हिंसा'को जोखिम

सहरी क्षेत्रका युवा तथा किशोरकिशोरी ‘डेटिङ हिंसा’को जोखिममा रहेको एक अध्ययनले देखाएको छ। युवालय नामक संस्थाले १२ अगस्त, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्य देखिएको हो।

अध्ययनका अनुसार प्रेम सम्बन्धमा रहेकाहरूमध्ये करिब आधा युवायुवतीले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोग्नुपरेको देखिएको हो। संस्थाले सम्बन्धित विषयमा नेपालमा पहिलोपटक औपचारिक अध्ययन भएको दाबी गरेको छ।

सार्वजनिक प्रतिवेदनमा युवाहरु प्रेमी प्रेमिकाबाट मनोवैज्ञानिक हिंसामा समेत पर्ने तथ्य समेत उल्लेखित छ। परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायत समस्या सर्वेक्षणमा सहभागी युवाले बताएका हुन्।

त्यस्तै सर्वेक्षणमा सहभागी २० प्रतिशन युवाले आफूहरु विभिन्न प्रकारको शारीरिक हिंसा भोगेको बताएका छन्। अध्ययनले डेटिङ् हिंसाको पीडित भोग्नेमा महिला तथा पुरुष दुबै बराबर जिम्मेवार रहेको देखाउँछ।

काठमाडौँ उपत्यकाका ८५ युवती र किशोरी तथा ७० युवक र किशोरबीच गत चैत्र महिनामा सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा मनोवैज्ञानिक, शारीरिक र यौन हिंसाबारे छुट्टाछुट्टै समूहमा प्रश्न गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell