PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

राजधानीमा बन्दको सामान्य प्रभावः बमसहित दुई जना नियन्त्रणमा, तीन स्थानको बम निष्क्रिय पारियो



पहिलोपोस्ट

राजधानीमा बन्दको सामान्य प्रभावः बमसहित दुई जना नियन्त्रणमा, तीन स्थानको बम निष्क्रिय पारियो

काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको प्रभाव राजधानीमा सामान्य देखिएको छ।

केही निजी विद्यालय तथा कलेजहरू बन्द भए पनि सवारीसाधन, बजार, उद्योगधन्दाहरू खुलेका छन्। राजधानीको शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ।

बन्द गराउँदै हिँडेका दुई जना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जमलबाट दुई जनालाई बमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए।

पक्राउ पर्नेमा तारा सञ्जेल र उषा किरणलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले प्रेसर कुकुर बम बरामद गरेको हो। एसएसपी पोखरेलले भने, 'सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ।'

काठमाडौँको सुन्दरीजल, नगाढुङगा लगायत तीन स्थानमा राखिएको बम सुरक्षाकर्मीले डिस्पोज गरेको छ।

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' पक्राउ परेको विरोधमा पार्टीले आज देशभर बन्द आह्वान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell