PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

विप्लव बन्दले लामो दुरीका यात्रुलाई सास्ती



पहिलोपोस्ट

विप्लव बन्दले लामो दुरीका यात्रुलाई सास्ती
फाइल फोटो

काठमाडौः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण लामो दुरीमा यात्रा गर्ने यात्रुहरु मार्कामा परेका छन्।

पहिरोको कारण तिन दिनदेखी कर्णाली हाइवेमा अलपत्र परेका दर्जनौँ सवारी साधन बन्दको कारण अलपत्र परेका हुन्। तिन दिनपछि बाटो खुले पनि विप्लवको बन्दले अर्को एक दिन सास्ती भोग्नु परेको यात्रुहरु बताउँछन्। ' तीन दिन बाटोको कारण दुख पाइयो। आज बन्द एकदमै सास्ती खेप्नु परेको छ।' दीपेश शाहीले भने।

पहिरोको कारण जाममा परेको गाडीलाई समेत विप्लव कार्यकर्ताले तोडपोड गरेको शाहीले जानकारी दिए। शुभकालिका गाउँपालिका गगन खोलामा जाममा परेको  क १ ज १६ नम्बरको जिपलाई तोडफोड गरेको उनले बताए। सडक विभागले बाटो खुलाए पनि विप्लवको बन्दको गाडि चल्न सकेको छैन।  

पहिरोको कारण माउण्ट आबु हाल्फ म्याराथनमा भाग लिन भारतको राजस्थान हिँडेका जुम्लाका खेलाडी टोली चार दिनदेखि कर्णाली हाइवे मा अलपत्र परेको छन्। १९ तारिखमा सुरु हुने म्याराथानामा सहभागिता नै अनिश्चित भएको उनीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell