PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लण्डनमा धिरजलाई कोसँग भेट्नु छ?



पहिलोपोस्ट

लण्डनमा धिरजलाई कोसँग भेट्नु छ?

काठमाडौँ :  'इन्टु मिन्टु लण्डनमा'को टिमले फिल्मको प्रचार सुरु गरेको छ। यसअघि टिजर, पोस्टर, गीत मार्फत टिमले प्रचार थालेको थियो।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको अर्को प्रचार अस्त्र सार्वजनिक गरेको छ। यसपटक 'लण्डनमा' बोलको गीतको भिडियोलाई प्रचारका लागि सार्वजनिक गरेको हो।

सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको गीतमा संगीत नविन राई र कुमार बस्नेतको रहेको छ। प्रमोद खरेलको 'दन्तैमा' बाट यो गीत प्रभावित छ। भिडियोमा डेब्यु कलाकार धिरज मगर फिचर्ड छन्। लण्डनका रमणीय दृश्य भिडियोमा कैद छन्। उज्वल जोशीले गीतको भिडियोलाई सम्पादन गरेका हुन्।

आगामी असोज ५ गतेदेखी प्रदर्शनमा आउने फिल्मलाई कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन्। यो उनको डेब्यू निर्देशन हो।फिल्ममा धिरजसँगै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका छ।

प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ। यस फिल्मको छायाँकन नेपाल र युकेमा भएको थियो। आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell