PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

कुपण्डोलमा कुकर बमको त्रास : खोलेर हेर्दा ढुङ्गागिट्टी

कुपण्डोलमा कुकर बमको त्रास : खोलेर हेर्दा ढुङ्गागिट्टी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: कुपण्डोलको ज्वागल चोक क्षेत्र मंगलवार मध्यान्हमा केही बेर त्रसित बन्यो। मानिसहरूको भाग भाग। सवारी जाम नै भयो एकै छिन।  सडक बिचमा कालो टेपले बाँधेर विद्युतीय तारजडित एउटा कुकर राखिएको थियो। अन्य दिन भान्छामा सामान्य लाग्ने कुकर एकाएक सबैको लागि आतंकित बनेको थियो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण देशका धेरै ठाउँमा कुकर बम विस्फोट भएका खबरले त्रास फैलाइएको थियो। स्थानीयले बम भएको आशङ्कामा प्रहरीलाई खबर गरे। सुरक्षा चुस्त बनाएको प्रहरी घटना स्थलमा पुग्यो। 

मानिसको भिड भिड्दै भएको थियो। त्रास पनि उस्तै। एकैछिनमा सेनाको डिस्पोजल टोलीले काम थाल्यो। एकैछिनमा पत्ता लाग्यो केवल कुकर। कुकरभित्र ढुङगागिट्टी राखिएको भेटियो।


ट्रेन्डिङ पोस्ट

Ncell