PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

गौरव र मरिश्काको प्रतिस्पर्धी अनुप र वर्षा



पहिलोपोस्ट

गौरव र मरिश्काको प्रतिस्पर्धी अनुप र वर्षा

काठमाडौँ :  भदौ १ गतेदेखी प्रदर्शनमा आउने फिल्म हो 'मिस्टर भर्जिन'। यसै मितिबाट प्रदर्शनमा आउने अन्य फिल्ममा 'भैरे' र 'ब्ल्याक' रहेका छन्।

एकै मितिमा तीन फिल्म प्रदर्शनमा आउने भएपछि फिल्मका निर्माण टिमबीच प्रचारमा प्रतिस्पर्धा सुरु भएको छ। 'भैरे' र 'ब्ल्याक'ले काठमाडौंमा प्रचार थाल्दा 'मिस्टर भर्जिन' टिम पनि काठमाडौं फर्केको छ। मोफसल प्रचारका लागि टिम पोखरा, बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक पुगेको थियो। टिमले काठमाडौंमा पनि साङ्गितिक कार्यक्रम गर्ने भएको छ।

कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा प्रचाका लागि खटेका छन्। उता आकाश र आँचल पनि 'ब्ल्याक'को प्रचारमा छन्। अनुप विक्रम शाही र वर्षा सिवाकोटी पनि 'भैरे'को प्रचारमा छन्। विशारद बस्नेतले निर्देशित 'मिस्टर भर्जिन'मा भने गौरव र विज, कमलमणि र मरिश्कासँगै भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ।  

अब अनुप र वर्षा, आँचल र आकाश, गौरव र मरिश्काबीच प्रचार प्रतिस्पर्धा सुरु भएको छ। कसको फिल्मले व्यवसायिक बाजी मार्ला त्यो फिल्म रिलिजपछि थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell