PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

'पण्डित बाजेको लौरी'को प्रदर्शनमा रोक गर्न सांसदको माग



पहिलोपोस्ट

 'पण्डित बाजेको लौरी'को प्रदर्शनमा रोक गर्न सांसदको माग

काठमाडौँ :  वादी समुदायको कथामा आधारित भएर बनेको फिल्म 'पण्डित बाजेको लौरी'लाई लिएर संसदमा कुरा उठेको छ। राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले फिल्मको विषयमा छानबिन गरी प्रदर्शनमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ।

साउन ४ देखि प्रदर्शनमा आएको फिल्मले वादी महिलाको अस्तित्वमाथि ठूलो आघात पुगेकोले सरकारको ध्यानाकर्षण गराएको सिंहले बताएका छन्। आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सिंहले कार्वाहीको माग समेत गरे।

उनले भने 'फिल्ममा महिलालाई यौन व्यवसाय गरेको देखाइएको छ जसले वादी समुदायका महिलाको अस्तित्वमाथि ठूलो आघात परेको छ। संविधानको धारा १९ र धारा २४ विपरीत भएकोले यस सम्बन्धमा छानविन गरी प्रदर्शनमा रोक लगाउन माग गर्दछु।'

फिल्म पण्डित बाजेको लौरीलाई दीपक ओलीले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको कथा रहेको छ। फिल्म काठमाडौँमा प्रदर्शन भएर पनि उत्रिसकेको छ। यस फिल्म लगायत वादी समुदायसँग सम्बन्धित 'ऐलानी' र 'नथिया' उपन्यासलाई लिएर पनि विभिन्न बहस सुरु भएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell