PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

बनियानीः पूर्वी नाका काँकरभिट्टाबाट दुई भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतीस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुबै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो।

प्रहरीले सतीसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ। दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell