PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगायो



पहिलोपोस्ट

म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगायो

म्याग्दीः कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय कालीगण्डकीले बगाएको हो। व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काका अनुसार कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको हो।

कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्।

केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ। बाढीले लगातार जग्गा कटान गरिरहेको छ। पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान सुरु गरेको हो। बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ।

“क्षतिबारे गाउँपालिका र जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराएको छु,” फगामीले भने। भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ। कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell