PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु



पहिलोपोस्ट

इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु

रोमः इटलीको उत्तर पश्चिममा रहेको जेनोवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

मोरान्डी पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खसेको थियो। सो समयमा ३० देखि ३५ सवारी साधान सो पुलमा थिए। घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार अस्पतालमा भइरहेको इटालीको समाचार संस्था आन्सले जनाएको छ।

धेरै मानिसहरू कुच्चिएका गाडीभित्रै छन्। चार जनालार्इ जीवितै उद्धार गरिएको छ। एक जना बालक पनि यसमा रहेका छन्। 

फसेका मानिसहरूलाई बाहिर निकाल्नका लागि रातभरि राहत र उद्धार कार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरूको खोजी गरिरहेका छन्।

भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पुल भत्किएको हो। स्थानीय सयअनुसार बिहान झन्डै साढे ११ बजे पुल भत्किएको थियो। शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell