PahiloPost

May 16, 2026 | २ जेठ २०८३

‘शारीरिक सम्बन्धबाट शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने’



पहिलोपोस्ट

‘शारीरिक सम्बन्धबाट शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने’

काठमाडौँः अब शारीरिक सम्बन्धबाट शिशु जन्मेमा महिला र पुरुषबीच स्वतः विवाह भएको मानिने भएको छ। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिताले शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने व्यवस्था गरेको हो।

देवानी संहिताको दफा ७४ मा स्वतः विवाहको प्रावधान समेटेको छ।

तर, जवर्जस्ती करणीका कारणले महिला गर्भधारण गरी शिशु जन्मिएमा विवाह भएको मानिने छैन। यस्तै,  हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा पनि विवाह भएको मानिने छैन।

देवानी संहिताले पनि उमेर पूरा नभएका, झुक्क्याई गरिएका विवाहलाई बदरयोग्य विवाह मानेको छ। तर, विवाहपछि महिला गर्भवती भई शिशु जन्मिएको अवस्थामा भने महिलाको मञ्जुरी बिना विवाह बदर हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell