PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रंगशाला निर्माणमा खटिएका एक नेपालीको कतारमा मृत्यु



पहिलोपोस्ट

रंगशाला निर्माणमा खटिएका एक नेपालीको कतारमा मृत्यु

काठमाडौंः सन् २०२२ मा विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ। 

कतारको गल्फ टाइम्सका अनुसार अल वक्राह स्टेडियम प्रोजेक्टमा काम गरिरहेका एक नेपालीको सोमबार मृत्यु भएको त्यहाँको डेलिभरी एण्ड लिगेसी सम्बन्धि उच्च कमिटी (एससी) ले जानकारी दिएको छ। 

मृतकको बारेमा उनका आफन्त, कतारस्थित नेपाली अधिकारी र कतारका अधिकारीहरुलाई जानकारी गराइएको कमिटीले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

एससीले घटना सम्बन्धि अनुसन्धान गरिरहेको र थप विवरण अनुसन्धानपछि जानकारी गराइने बताइएको छ। यता परराष्ट्र मन्त्रालयले भने यस बारेमा आफूलाई जानकारी नआएको जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell