PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

सुन प्रकरणः भरियासँग ७० लाख रुपैयाँ धरौटी माग , मुख्य अभियुक्तको के होला?



राधेश्याम पटेल

सुन प्रकरणः भरियासँग ७० लाख रुपैयाँ धरौटी माग , मुख्य अभियुक्तको के होला?

वीरगन्जः एक किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनासँग ७० लाख धरौटी माग गरेको छ।

पर्सा जिल्ला अदालतले सुन तस्करीमा प्रहरी नियन्त्रणमा रहेका सर्लाही हरिपुर नगरपालिकाका सन्तोषकुमार कलवारलाई ७० लाख रुपैयाँ धरौटीमा मागेको छ। न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले आदेश दिएको हो।  सुन तस्करीको मुख्य नाइके रामबाबु सिंहको थुनछेक बहस हुन बाँकी रहेको पर्सा जिल्ला अदालतका शाखा अधिकृत नारायण पौडेलले बताए । 

कानुन बमोजिम सुन तस्करीको मुद्दामा तस्करी समानको मूल्यको दोब्बर वा ३ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छन् ।

गत असार १५ गते मोटरसाइकलमा वीरगन्जबाट १ किलो सुन लिएर रक्सौल तर्फ गइरहेको अवस्थामा इनार्वा प्रहरी चौकीले कलवारलाई नियन्त्रणमा लिएको थियो।  अनुसन्धानबाट सुन तस्करीको मुख्य योजनाकार रामबाबु सिंह रहेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो। रामबाबु बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ हुन्।उनी भने धरौटी बुझाएर राजस्व अनुसन्धान कार्यालयको आदेश अनुसार साधरण तारिकमा छुटेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell