PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'रोजी'मा प्रदीपका चार अवतार

'रोजी'मा प्रदीपका चार अवतार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  फिल्म 'रोजी'मा अभिनेता प्रदीप खड्का र मिरुना गुरुङको मुख्य अभिनय छ। भदौ २२ देखी प्रदर्शनमा आउने फिल्म ७ वर्षअघि रोजी महर्जन हत्यकाण्डमा आधारित भएर बनेको हो। फिल्मले सार्वजनिक गरेको पहिलो गीतको भिडियोबाट प्रदीप र मिरुनाको केमेस्ट्रीको चर्चा सुरु भएको छ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार पनि सुरु गरेको छ। साथै निर्माण टिमले फिल्ममा भएको प्रदीपको भुमिका सार्वजनिक गरेका छन्।

क्राइम थ्रीलर ड्रामामा प्रदीप चार भुमिकामा देखिने भएका छन्। टिमले हालै सार्वजनिक गरेको पोस्टरमा प्रदीप युवक, विद्यार्थी, नोस्टाल्जिक र अपराधीका रुपमा फिचर्ड भएका छन्। आफ्ना भुमिकाबारे भने 'मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि चुनौती र मौका दुवै हो।' प्रदीपले यसअघि 'प्रेमगीत २' र 'लिलिबिली'मा  लभर बोइको अभिनय गरेका थिए। 

फिल्म 'रोजी'लाई नीरक पौडेलले निर्देशन गरेका हुन्।
 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell