
बलिउड अभिनेत्री परिनिती चोपडा अभिनयसँगै गायनमा पनि उत्तिकै रुची राख्छिन्। आफू अभिनित फिल्मको गीत गाउन पनि अगाडि नै हुन्छिन्।
उनले क्लासिकल संगीत सिकेकी छिन्। गायनमा उनको लगाव छ। फिल्म 'मेरी प्यारी बिन्दु'को एक गीतमा उनले स्वर दिएकी थिइन्। सोनु निगमसँग मिलेर उक्त गीत गाएकी थिइन्।
अब भने उनले अर्को गीतमा स्वर दिएकी छिन्। र्यापार बादशाहको नयाँ गीतमा उनले पनि गाएकी छिन्। 'हर्टलेस' बोलको गीतमा स्वर दिएकी हुन्। भारतीय मिडियाका अनुसार परिनिती र बादशाह मिल्ने साथी हुन्। गीतको भिडियो चाँडै नै रिलिज हुनेछ। उनीसँगै बलिउडमा प्रियंका चोपडा, आलिया भट्ट, आयुषमान खुराना लगायत अन्य कलाकार गायनमा सक्रिय देखिन्छन्।