PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आज नागपञ्चमी, घर–घरमा नागको पूजा गरिँदै  



पहिलोपोस्ट

आज नागपञ्चमी, घर–घरमा नागको पूजा गरिँदै  

काठमाडौँः साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी। घरघरमा नागको पूजा गरिँदैछ। यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ। 

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो। 
नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष पूजा हुने गर्छ।

परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ। 

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता छ। 

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने विश्वास गरिन्छ। 

उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell