PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतका पूर्वप्रधानमन्त्री वाजपेयीको अवस्था नाजुक, ‘लाइफ सपोर्ट’मा राखियो



पहिलोपोस्ट

भारतका पूर्वप्रधानमन्त्री वाजपेयीको अवस्था नाजुक, ‘लाइफ सपोर्ट’मा राखियो
Photo: thehindu

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। पछिल्लो २४ घन्टायता स्वास्थ्य अवस्था थप नाजुक भएपछि वाजपेयीलाई ‘लाइफ सपोर्ट’मा राखिएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

९३ वर्षीय वाजपेयी पछिल्लो ९ हप्तायता अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचाररत छन्। बुधबारदेखि वाजपेयीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ रहेको एम्सले जनाएको छ।

वाजपेयीलाई बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी, रेल्वे मन्त्री पियुष गोयल लगायतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मोदीले करिब एक घण्टा वाजपेयीसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वाजपेयी भारतीय जनता पार्टीका संस्थापकमध्येका एक हुन्।

मिर्गौलामा संक्रमण भएपछि वाजपेयीलाई जुन ११ मा एम्समा भर्ना गरिएको थियो। वाजपेयी तीनपटक भारतको प्रधानमन्त्री भएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell