PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजीत वाडेकरको निधन



पहिलोपोस्ट

भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजीत वाडेकरको निधन
photo: espncricinfo

काठमाडौँः भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजीत  लक्ष्मण वाडेकरको निधन भएको छ। मुम्बइको जसलोक अस्पतालमा वाडेकरको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ७७ वर्षीय वाडेकर लामो समयदेखि बिरामी थिए।

सन् १९६६ मा वेस्टइन्डिजविरुद्धको खेलबाट उनले टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। भारतका लागि ३७ टेस्ट क्रिकेट खेलेका उनले दुई हजार ११३ रन बनाएका थिए।

भारतीय टिमले इंग्ल्याण्डलाई पहिलोपटक १९७१ मा उसैको घरेलु मैदानमा पराजित गर्दा वाडेकर कप्तान थिए। उनले टेस्ट क्रिकेटमा सर्वाधिक १४३ रन बनाएका थिए।

वाडेकर सन् १९७४ मा इंग्ल्याण्डविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीका लागि उनले दुईमात्र एक दिवसीय खेल खेलेका छन्।

उनले भारतको राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए।

वाडेकरको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, वर्तमान राष्ट्रिय टिमका प्रशिक्षक रवि शास्त्री, क्रिकेट कमेन्टेटर हर्ष भोगले लगायतले शोक व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell