PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ज्योति प्रसाईं बनिन् मिस ब्युटि क्विन २०१८



पहिलोपोस्ट

ज्योति प्रसाईं बनिन् मिस ब्युटि क्विन २०१८

काठमाडौँः पाचौं सिजनको मिस ब्युटि क्विन नेपाल २०१८ को उपाधी ज्योति प्रसाईंले जीतेकी छिन्। १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधी जीतेकी हुन्।

उनले शिर्ष उपाधिसँगै 'बेस्ट ट्यालेन्ट' पनि जितिन्। यस्तै फस्ट रनरअप, मिस पब्लिक च्वाइस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले प्राप्त गरिन्। बर्षा महर्जनले बेस्ट पर्सानालिटीको टाइटल प्राप्त गरिन्। त्यस्तै थर्ड रनरअपको उपाधी सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन्।

सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलका बेस्ट स्किनमा सेल्गुइ लिम्बु, मस्ट एक्टिभ रन्जिता बिष्ट, बेस्ट स्माइल तथा मस्ट पपुलर ॠषिका थापा, मस्ट चार्मिङ निशा पौडेल, बेस्ट डिसिप्लिन आरती आले मगर, मस्ट एट्रक्टिभ अस्मिता राइ, बेस्ट फोटोजेनिक पुजा अधिकारी, बेस्ट ड्रेस सेल्गी लिम्बूले उपाधी जितिन्।

एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो। प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell