PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

राष्ट्रिय सभा संसदीय समितिहरुको निर्वाचनमा हेरफेर



पहिलोपोस्ट

राष्ट्रिय सभा संसदीय समितिहरुको निर्वाचनमा हेरफेर

काठमाडौं : राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर भएको छ। आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिए।

तीन गतेका लागि तोकिएको संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि सारिएको छ। तीन गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो। सभाध्यक्षको निर्देशन पछि पुनः अर्को कार्यसूची आजै सार्वजनिक गर्ने सचिवालयको तयारी रहेको छ।

आजको राष्ट्रियसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक २०७५ पेस गरेका छन्। राष्ट्रयसभाको अर्को बैठक भदौ ४ गते सोमबार बिहान ११ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell