PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सुशील ज्ञवालीको प्राधिकरणमा पदभार ग्रहण



पहिलोपोस्ट

सुशील ज्ञवालीको प्राधिकरणमा पदभार ग्रहण

काठमाडौँ : राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील ज्ञवालीले बिहीवार पदभार ग्रहण गरेका छन्। 

मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक सिइओ नियुक्त गरिएको हो।

विसं २०७२ वैसाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। 

उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थियो। 

मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त हुनुभएपछि प्राधिकरण नेतृत्वविहीन थियो।प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने भन्ने अन्योलता छ। अन्योलतका कारण धेरै भूकम्प पीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell