PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

एेन संशोधन नगरी कार्यन्वयन गरे भोलिदेखि डाक्टरहरूले बिरामी नजाच्ने



पहिलोपोस्ट

एेन संशोधन नगरी कार्यन्वयन गरे भोलिदेखि डाक्टरहरूले बिरामी नजाच्ने

काठमाडौं: एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले बिरामी नजाँच्नेसम्मका चेतावनी दिएका छन्। 

सरकारी चिकित्सक संघ (गोदान) ले चिकित्सकहरूलाई आफूहरूलाई अपराधी सरह व्यवहार गर्ने गरी फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका छन्। 

फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदै छ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए भदौ एक गतेदेखि बिरामी नजाँच्ने उनीहरूले चेतावनी दिएका हुन्।

तर, फौजदारी संहितामा बदनियतपूर्ण र हेलचेक्र्याइँ गरी उपचार गर्दा ज्यान गए वा अंगभंग भएमा कारबाहीको व्यवस्था गरिएको छ।

उक्त ऐन र कार्यविधि बृहत्तर छलफल र वैज्ञानिक अनुसन्धानबाट संशोधन गरेर मात्र लागू गर्न सरकारी चिकित्सक संघले अनुरोध गरेको छ।

सरकारी चिकित्सक संघले उठाउँदै आएको स्वास्थ्य संस्था तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई हातपात गर्ने विरुद्ध जेल विथ आउट विल (बिना धरौटी जेल)को प्रावधान तुरुन्त ल्याउन समेत उनीहरूको आग्रह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell