
काठमाडौँ : नेपाली यू-१५ महिला टोली भुटानमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
च्याम्पियनसिपअन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो। पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा गोल खाँदा नेपाल पराजित भयो।
अर्को सेमिफाइनलमा आयोजक भुटानले साविक विजेता बंगलादेशसँग खेल्नेछ। यस खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ।