
काठमाडौँ : १८औँ एसियन गेम्स अन्तर्गत इन्डोनेसियामा भइरहेको पुरुष फुटबलमा नेपालको यू-२३ टोलीले लगातार दोस्रो हार बेहोरेको छ।
पहिलो खेलमा जापानको युवा टोलीसँग १-० ले मात्र पराजित भएको नेपाल यू-२३ दोस्रो खेलमा भियतनाम यू-२३ सँग २-० ले पराजित भयो।
लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ। पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ।
उता लगातार दुई जित हात पारेको जापान र भियतनाम भने समूह चरणको एक खेल खेल्नुअघि नै अघिल्लो चरणमा पुगेको छ।
विबावा मुक्ति स्टेडियममा भएको खेलको दुवै हाफमा भियतनामले एक-एक गोल गरेको थियो। भियतनामका लागि खेलको ३१औँ मिनेट अनह डुच न्युयन र फान भान डुसले ६४औँ मिनेटमा गोल गरे।
भियतनामले पहिलो खेलमा पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो। जापानले दोस्रो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गर्यो।
नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ।