PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला



पहिलोपोस्ट

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला

रत्ननगरः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ।

बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो। अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ। जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए।

पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए। बाघ, गैंडालगायत वन्यजन्तुको प्राकृतिक मृत्युदर बढ्न थालेपछि उनीहरूले यसबारे अनुसन्धान गरिनुपर्नेमा जोड दिँदै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell