PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

वाजपेयीको अन्तेष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान



पहिलोपोस्ट

वाजपेयीको अन्तेष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौं : भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनमा नेपाल सरकारले दु:ख व्यक्त गरेको छ। नेपालको तर्फबाट शोक सन्देश लिएर परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्।
 
परराष्ट्र मन्त्रालयका अनुसार वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्। 

त्यस्तै वाजपेयीको निधनमा दु:ख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शोक सन्देश पठाएका छन्। उनले समकक्षी मोदीलाई पठाएको सन्देशमा नेपाल र नेपाली जनताको तर्फबाट समवेदना प्रकट गर्दै वाजपेयीको निधनले भारतले मात्र नभई विश्वले राजनेता गुमाएको बताएका छन्। 

पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार साँझ नयाँ दिल्लीमा निधन भएको थियो। उनको अन्त्येष्टि आज अपराह्न पाँच बजे नयाँ दिल्लीको राजघाट नजिकै गर्ने कार्यक्रम तय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell