PahiloPost

May 16, 2026 | २ जेठ २०८३

१८औँ एसियन गेम्समा नेपालका यी खेलाडी प्रतिस्पर्धा गर्दैछन् (खेल र खेलाडीसहित)



पहिलोपोस्ट

१८औँ एसियन गेम्समा नेपालका यी खेलाडी प्रतिस्पर्धा गर्दैछन् (खेल र खेलाडीसहित)

काठमाडौँ : एसियाली राष्ट्रहरुको खेलकुद मेला एसियन गेम्सको १८औँ संस्करण भोलीदेखि इन्डोनेसियामा सुरु हुँदैछ।

कूल ४० खेल समावेश एसियन गेम्समा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागीता जनाउँदैछ।

यसअघि नै सुरु भएको फुटबलतर्फ नेपाल दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ। नेपालले अब पाकिस्तानसँग मात्र खेल्न बाँकी छ।

यसै संस्करणबाट एसियन गेम्समा राखिएको स्पोर्ट्स क्लाइम्बिङ, स्केटबोर्ड, प्याराग्लाइडिङ, पेनकेक सिलात लगायत मार्सल आर्ट्स विधामा नेपालले यस पटक पदक जित्ने आशा राखेको छ।

नेपाललाई अहिलेसम्म तीन खेल तेक्वान्दो, बक्सिङ र करातेले मात्र एसियन गेम्समा पदक दिलाएको थियो। पछिल्लो दुई संस्करणमा नेपालले १-१ कास्य मात्र जितेको थियो।

सन् १९९८ मा तेक्वान्दोकी सविता राज भण्डारीले जितेको रजत नै नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक हो। एक रजतसहित नेपालले कूल २३ पदक जितेको छ।

झण्डै ७ दशक लामो एसियन गेम्समा नेपालले पहिलो संस्करणदेखि नै सहभागिता जनाएपनि स्वर्णको प्रतिक्षा भने लम्बिरहेको छ।

 

१८औँ एसियन गेम्समा नेपालले प्रतिस्पर्धा गर्ने खेल र नेपाली खेलाडीहरु:

टिम गेमतर्फ फुटबलमा २०, भलिबल र कबड्डीमा १२-१२ खेलाडी छन्। व्यक्तिगततर्फ सबैभन्दा धेरै तेक्वान्दोका १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

यस्तै स्केटबोर्ड र पेनकेक सिलातमा १-१ खेलाडी छन् भने स्पोर्ट्स क्लाइम्बिङ र कुराँसमा २-२ खेलाडी छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell