PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वकर इदका कारण सर्‍यो संसदीय समिति सभापतिको निर्वाचन



पहिलोपोस्ट

वकर इदका कारण सर्‍यो संसदीय समिति सभापतिको निर्वाचन

काठमाडौं : भदौ पाँच गतेका लागि तोकिएको प्रतिनिधिसभा अन्तर्गतका समितिहरुको सभापतिको निर्वाचन १७ गतेका लागि सरेको छ।
भदौ ६ गते इस्लाम धर्मावलम्बीहरुको बकर इद परेकाले पाँच गते निर्वाचन राख्दा सांसदहरुलाई जिल्ला जान समस्या हुने भएकाले निर्वाचन सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।

त्यसैगरी ११ गते गाईजात्रा समेत परेकाले १७ गतेका लागि सारिएको उनले बताए।

उता राष्ट्रियसभाले पनि तीन गतेका लागि तोकेको निर्वाचन १३ गतेका लागि सारेको छ।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भुक्तानी तथा फर्यौछट विधेयक २०७५ प्रस्तुत गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते १ बजे बस्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell