PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को काठमाण्डौं फिनाले सम्पन्न

'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को काठमाण्डौं फिनाले सम्पन्न

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ:  'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को काठमाण्डौं फिनाले सम्पन्न भएको छ। प्रतियोगिताबाट पुरुषतर्फ उज्वल दुलाल विजेता र महिलातर्फ खुश्बु गिरी विजेता बनिन्।

दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन्। पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने बताईएको छ।

काठमाण्डौंको फिनालेमा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमश: फस्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए। महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा फस्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए। उनीहरुले दोश्रो चरणमा स्पर्धा गर्न पाउनेछन्।

फिनालेमा नायक गौरव पहारी, फिल्म निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए। कार्यक्रममा अभिनेता सलिनमान बनियाँ, पुजा शर्मा, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई लगायत उपस्थित थिए।

'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को अडिसन काठमाण्डौं सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा हुनेछ। विजेताले 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगितामा भाग लिन पाउनेछन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell