PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

२९ वर्षका प्रेमीले २३ वर्षीया प्रेमिकाको गरे हत्या



पहिलोपोस्ट

२९ वर्षका प्रेमीले २३ वर्षीया प्रेमिकाको गरे हत्या
प्रतीकात्मक तस्बिर

काठमाडौं : मोरङको ग्रामथान गाउँपालिका ३ मा एक युवतीको हत्या भएको छ। २३ वर्षीय शिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

युवतीको हत्याको अभियोगमा प्रहरीले २९ वर्षीय दिनेश भट्टराईलाई पक्राउ गरेको छ। दिनेश र शिखाबीच प्रेम सम्बन्ध रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको हो। 

युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। पहिलोपोस्टसँग एसपी केसीले भने, 'धारिलो हतियार प्रहार भएको देखिएको छ। एक जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।' 

विराटनगर महानगरपालिका वडा नम्बर १३ बस्ने दुवै जना घुम्ने क्रममा ग्रामथान पुगेका थिए। स्कुटरमा सँगै पुगेका उनीहरुबीच केही विवाद भएपछि धारिलो हतियार दाउ प्रहार गरेको एसपी केसीले बताए। 

आजदेखि लागू भएको मुलुकी संहिता अनुसार पक्राउ परेका अभियुक्तलाई अदालतबाट अनुमति पछिमात्र अनुसन्धान गर्ने नियम भएकाले अहिले पक्राउ परेका व्यक्तिबाट केही नखुलेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell