PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

अब म्याच फिक्सिङ गरे तीन वर्ष कैद र ३० हजार जरिबाना



पहिलोपोस्ट

अब म्याच फिक्सिङ गरे तीन वर्ष कैद र ३० हजार जरिबाना
फोटो : https://www.timesofmalta.com

काठमाडौँ : अब नेपाली खेलाडीले राष्ट्रको लागी फुटबल खेल्दा म्याच फिक्सिङ गरेका तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिबाना हुने भएको छ।

नेपाली खेलाडीको नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा कुनै खेलाडीसँग खेल्दा मिलोमतो गर्ने, प्रलोभनमा पर्ने बाजी जिताउने/ हराउने लगायत कार्य गरेमा राष्ट्रिय हित विरुद्धको कसूर ठानिने उल्लेख छ।

२०७५ भदौ १ गते देखि लागु हुने गरी तयार भएको मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १ राज्य विरुद्धको कसुर अन्तर्गत ५१ न्मबरमा राष्ट्रहित प्रतिकुल काम गर्न नहुने बुँदामा जनाइएको छ।

  • नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।  
  • उपदफा (३) बमोजिमको कसूर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell