PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दुई लेन भए पनि खुल्यो कलंकीको अण्डरपास



पहिलोपोस्ट

दुई लेन भए पनि खुल्यो कलंकीको अण्डरपास

काठमाडौं : चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले शुक्रबार दिउँसोबाट कंलकीको ‘अण्डरपास वे’ खोलेको छ। चिनियाँ दूतावासको निर्देशन नआइ अण्डरपास नखोल्ने अड्डी कसेको कम्पनीले दिउँसो साढे दुर्इ बजे अचानक सवारी चल्न दिएको थियो।

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार शुक्रवार दुर्इवटा लेन खुल्ला गरिएको हो। दुर्इतिर इक्विपमेन्ट रहेकाले शनिवारसम्ममा चारवटै लेन सञ्चालनमा आउने छ। मुख्य संरचना निर्माणको काम सकिएपछि फिनिसिङको काम बाँकी रहे पनि संचालनमा ल्याइएको हो। उनका अनुसार एक महिनाभित्र फिनिसिङको काम सकिनेछ।

कंलकी चोकमा निर्माण भइरहेको यो 'अण्डरपास वे' ८ सय मिटर लामो छ। कंलकी चोकबाट खसी बजारतिर चार सय मिटर पर्छ भने सीतापाइलातिर अर्को चार सय मिटर पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell