PahiloPost

May 16, 2026 | २ जेठ २०८३

इपीएल : हङकङका बाबर र अंशुमन यस सिजन पनि विराटनगर वारियर्सबाट खेल्ने



पहिलोपोस्ट

इपीएल : हङकङका बाबर र अंशुमन यस सिजन पनि विराटनगर वारियर्सबाट खेल्ने

काठमाडौँ : हङकङ राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर हायत र उपकप्तान अंशुमन रथले यस सिजनको एभरेष्ट प्रिमियर लिग पनि विराटनगर वारियर्सबाटै खेल्ने भएका छन्। नेपालका कप्तान पारस खड्काको कप्तानीमा गत सिजन यी दुवै खेलाडीले विराटनगरबाट खेलेमा थिए।

यी दुईको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले अपराजित रहदै उपाधि जितेको थियो।

यस सिजन पनि यी दुई खेलाडीले विराटनगरबाट खेल्ने बाबर र अंशुमनले ट्वीटरमार्फत पुष्टी गरेका छन्।

इपीएलमा गत सिजन तीन विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान थियो र सहभागी ६ वटै टोलीले ३/३ विदेशी खेलाडी राखेका थिए।

यस सिजनका लागि काठमाडौँ किंग्स एलेभेनले यसअघि नै दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

काठमाडौँले आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायन र युईका कप्तान रोहन मुस्ताफालाई विदेशी खेलाडीको कोटामा राखेको हो।

काठमाडौँले गत सिजन श्रीलंकाका पूर्व टेष्ट क्रिकेट फरवेज महारुफलाई खेलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell