PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रिमियर लिग : चेल्सी र आर्सनलबीचको लण्डन डर्बी सहित आज ६ खेल हुँदै



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी र आर्सनलबीचको लण्डन डर्बी सहित आज ६ खेल हुँदै

प्रिमियर लिगमा आज ६ खेल हुँदैछन्। चेल्सी र आर्सनलबीच लण्डन डर्बीसहित आज कूल ६ खेल हुनेछन्।

लण्डनका यी दुई क्लब नेपाली समयअनुसार राती सवा १० बजे चेल्सीको ३रेलु मैदान स्टानफोर्ड ब्रिजमा भिड्नेछन्। चेल्सीले यस सिजन विजयी सुरुवात गर्दा बर्सनल पहिलो खेलमा पराजित भएको थियो।

यस्तै साँझ सवा ५ बजे एक हुनेछ भने ७:४५ बजे ४ खेल हुनेछ। सवा ५ मा कार्डिफ सिटीले घरेलु मैदानमा न्यूकासलसँग खेल्नेछ।

यस्तै अन्य खेलमा टोटनहम हट्सपरले फुलहमसँग, लेस्टर सिटीले वल्भरह्याम्पटन वन्डर्ससँग, एभरटनले साउथह्याम्पटनसँग तथा वेष्टहमले बर्नमाउथसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell