
काठमाडौं : च्याम्पियन बन्ने लक्ष्यका साथ भुटान पुगेको नेपाली खमहमिला यू-१५ फुटबल टोली साफ महिला यू-१५ च्याम्पियनसिपमा चौथो भएको छ।
भुटानमा भइरहेको च्याम्पियनसिप अन्तर्गत शनिवार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल आयोजक राष्ट्रसँग पेनाल्टीसुटआउटमा पराजित भयो।
भुटानले नेपाललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्०य पेनाल्टीसुटआउटबाट भएको हो।
समूह चरणमा पाकिस्तानलाई पराजित गरेको नेपाल बंगलादेशसँग पराजित हुँदै समूह उपविजेताको हैसियतमा सेमिफाइनल पुगेको थियो। उपाधि जित्ने नेपालको लक्ष्यमा भारत तगारो बन्दा नेपाल सेमिफाइनलमा २-१ ले पराजित भएको थियो।
अब उपाधिका लागि भमरतले साविक विजेता बंगलादेशसँग फाइनल खेल्नेछ। फाइनल पुगेको दुवै टोली अपराजित छन्।