PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

१८ औँ एसियाडको भव्य उद्घाटन



पहिलोपोस्ट

१८ औँ एसियाडको भव्य उद्घाटन

काठमाडौँ : 'इनर्जी अफ एसिया' अर्थात एसियाको शक्ति भन्ने नारा दिइएको एसियन गेम्स (एसियाड) को १८औँ संस्करणको इन्डोनेसियामा भव्य उद्घाटन गरिएको छ।

शनिवार साँझ जकार्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा एसियाडको उद्घाटन भएको हो। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे।

उद्घाटन समारोहमा सहभागी ४५ देशका खेलाडीले मार्च पास गरेका थिए। सहभागी देशले आफ्नो राष्ट्रियता झल्कने पोशाकमा मार्च पास गरेका थिए।

नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जनाले मार्चपास सहभागी जनाएका थिए। १०औं सागका एक मात्र स्वर्णधारी भारोत्तोलनका कमल बहादुर अधिकारीले मार्सपासमा नेपालको झण्डा बोकेका थिए।

लामो समयदेखि विरोधिका रुपमा रहेका उत्तर र दक्षिण कोरियाले संयुक्त रुपमा कोरिया मात्र लेखिएको एकै झण्डा मुनी मार्च पास गरेका थिए। खेलाडीले मार्च पास गर्दा दुबै देशका पदाधिकारीले एक अर्कासँग हात मिलाएर एकताको संकेत गरेका थिए।

मार्चपास पछि एसियाडको आधिकारीक गीत गाएकी गायिका मेराह बिनटाङले प्रस्तुती दिइन्। त्यसपछि मैदानमा इन्डोनेसियाको ठुलो झण्डा फहराइएको थियो।

उद्घाटन समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए। यस्तै इन्डोनेसियन संस्कृती झल्किने गरी करिब ४ हजार कलाकारले आकर्षक नृत्य प्रस्तुती दिएका थिए। एक दर्जन कलाकारले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए।

एसियाका ४५ राष्ट्रले प्रतिस्पर्धा गर्ने १८औँ एसियाड भोलीदेखि औपचारिक रुपमा सुरु हुनेछ। यस पटक ४० खेल समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell