PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रिमियर लिग : लण्डन डर्बीमा आर्सनलमाथि चेल्सीको जित



पहिलोपोस्ट

प्रिमियर लिग : लण्डन डर्बीमा आर्सनलमाथि चेल्सीको जित
फोटो : premierleague/twitter

प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ।

८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्।

पेड्रो र अल्भारो मोराटाले सुरुवाती गोल गर्दै चेल्सीलाई २० मिनेटभित्र नै २-० को अग्रता दिलाएका थिए। तर हेनरिख मिखतर्‍यान र एलेक्स इओबीले गोल गर्दै पहिलो हाफमै खेल २-२ को अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा एक गोल गर्दै चेल्सीले खेल जितेको हो।

लगातार दुई  जितपछि ६ अंक जोडेको चेल्सी गोलअन्तरमा पहिलो स्थानमा छ।

लिगअन्तर्गत आज ३ खेल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell