PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

फ्रेन्च लिग वान : पिएसजीको पुनरागमन जितमा एमबाप्पेको दुई गोल



पहिलोपोस्ट

फ्रेन्च लिग वान : पिएसजीको पुनरागमन जितमा एमबाप्पेको दुई गोल

फ्रान्सका लागि विश्वकप जितेपछि पहिलो पटक लिगमा फर्केका केलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मने (पिएसजी) ले लिग वानमा गुइनगाम्पलाई पराजित गरेको छ।

वैकल्पिक खेलाडीको दोस्रो हाफमा मैदान छिरेका एमबाप्पेले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाए। पिएसजीका लागि नेमारले पहिलो गोल गरेका थिए।

घरेलु मैदानमा नोलन रउक्सले २०औँ मिनेटमा गोल गर्दै गुइनगाम्पलाई पहिले अग्रता दिलाएका थिए।

पहिलो हाफमा पछि परेको पिएसजीका लागि नेमारले ५३औँ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए। ४६औँ मिनेटमा मैदान प्रवेश गरेका एमबाप्पेले ८२औँ र ९०औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सिजनको दोस्रो जित दिलाएका हुन्।

रेइम्स र डिजोनले पनि लिग वानमा लगातार दोस्रो जित हात पारेको छ। रेइम्सले लियोनलाज्ञ १-० तथा डिजोनले नान्ट्सलाई २-० ले हरायो।

उता राडेमेल फाल्काओले पेनाल्टी चुकाउँदा मोनाको भने लिलेसँग गोलरहित बराबरीमा रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell