PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीको बिदा आजदेखि सकिँदै, के राजीनामा देलान?



पहिलोपोस्ट

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीको बिदा आजदेखि सकिँदै, के राजीनामा देलान?

काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको बिदा आजदेखि सकिँदैछ। समितिबाट अस्वीकृत भएपछि साउन साउन २० गतेदेखि बिदामा छन्। १५ दिनका लागि लिइएको उनको बिदा आइतबार सकिँदैछ। 

सुनुवाइ समितिबाट साउन १८ गते प्रधानन्यायाधीशका लागि अस्वीकृत भएलगत्तै जोशी बिदामा छन्। साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदा बस्ने जानकारी जोशी गराएका थिए।  

जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापन न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन्। जोशी बिदामा बसेपछि रोलक्रममा वरिष्ठ रहेका मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियत पेसी तोकेका हुन्। 

प्रधानन्यायाधीश रिक्त भएको लामो समय भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन। जोशीको नाम अस्वीकृत भएपछि नाम सिफासिसका लागि संवैधानिक परिषद् समेत बसेको छैन। यसबीचमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेकाले परिषद् बस्न नसकेको हो। 

संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशीले आफूमाथि लागेका आरोप छानबिनका लागि यसअघि संवैधानिक परिषद् र सरकारलाई समेत आग्रह गरिसकेका छन्। विशेषगरि शैक्षिक प्रमाणपत्र विवादमा छानबिन गर्न जोशीले माग गर्दै आएका छन्। जोशीलाई राजीनामाको  विकल्प समेत सुझाइएको भए पनि आफू निकटहरूसँग तत्काल राजीनामा नदिने उनले बताउँदै आएका छन्। कम्तीमा भावी प्रधानन्यायाधीशको छिनोफानो नभएसम्म उनले राजीनामा नदिने उनी निकटहरूको दाबी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell