PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिस निःशुल्क



पहिलोपोस्ट

चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिस निःशुल्क

काठमाडौँः चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ।

नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धविच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिसलगायतका सबै कार्य निःशुल्क गरेको छ।

नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिस शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ। यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ।

“सामाजिक सेवासँगसम्बन्धी प्रमुख सेवाका सिफारिशमा शुल्क लिने नीति नगरपालिकाको छैन। नागरिकताको प्रमाणपत्र सिफारि;, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता लगायतका सिफारिशमा अघिल्लो वर्ष पनि शुल्क लगाइएको थिएन। यस वर्ष पनि छैन”, नगरप्रमुख घनश्याम गिरीले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell