PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अन्डरवर्ल्ड डन दाउदका सहयोगी पक्राउ



पहिलोपोस्ट

अन्डरवर्ल्ड डन दाउदका सहयोगी पक्राउ

काठमाडौँ: कुख्यात डन दाउद इब्राहिमका सहयोगीलाई लन्डन प्रहरीले पक्राउ गरेको छ। शुक्रबार लन्डनको एक होटेलबाट जवीर मोतीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मोती पाकिस्तानी नागरिक हुन्। उनी दाउदको 'डी कम्पनी'का आर्थिक विभाग प्रमुख रहेको खुलेको छ। उनी १० वर्षे भिसा लगाएर लन्डनमा बस्दै आएका थिए।

सन् १९९३ मा मुम्वईमा भएको बम काण्डमा दाउद प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। बम विस्फोटमा २५० जनको ज्यान भएको थियो। हत्या, लागूऔषध तस्करी लगायत अपराधमा पनि दाउदको संलग्नता रहेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell